ad ad

राजनीति


कोरोना भाइरसविरुद्ध केन्द्रीय कोषमा अध्यक्ष तिमिल्सिनाले एक महिनाको तलब दिने

कोरोना भाइरसविरुद्ध केन्द्रीय कोषमा अध्यक्ष तिमिल्सिनाले एक महिनाको तलब दिने

नेपालखबर
चैत १०, २०७६ सोमबार ८:९,

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सरकारले कोरोना भाइरसविरुद्ध बनाएको केन्द्रीय कोषमा एक महिनाको तलब बराबरको रकम उपलब्ध गराउने भएका छन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो कोष स्थापनाको निर्णय गरेको थियो। सो कोषमा अध्यक्ष तिमिल्सिनाले आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका हुन्।

उनले संघीय संसद सचिवालयको आर्थिक शाखालाई पत्रमार्फत आफ्नो एक महिनाको तलब कोषमा जम्मा गरिदिन निर्देशन समेत दिए।

अध्यक्ष तिमिल्सिनाले सरकारको कोष बनाउने निर्णयलाई स्वागत गर्दै विश्वमा देखिएको सन्त्रासमा सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेका छन्। उनले सरकारले कोरोनाबाट बच्नका लागि दिएका निर्देशनहरु पालना गर्न सबैलाई आग्रहसमेत गरेका छन्।

तिमिल्सिनाले पारिश्रमिकबापत प्रतिमहिना ६७ हजार ३ सय २० रुपैयाँ तलब पाउने व्यवस्था छ। यसबाहेक विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधा, आवास सुविधा र फर्निचर खर्चबापत पाउने कुल रकम मात्रै ४८ हजार २ सय ७५ हुन्छ।

तलब र सुविधासहित तिमिल्सिनाले मासिक १ लाख १५ हजार ५ सय ९५ रुपैयाँ बुझ्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .