राजनीति


संसद् विधिको थलो हो, जिद्दीको होइन : सांसद रिजाल

संसद् विधिको थलो हो, जिद्दीको होइन : सांसद रिजाल

नेपालखबर
माघ २९, २०८१ मंगलबार १६:४८, काठमाडौँ

नेकपा एमाले सांसद ईश्वरबहादुर रिजालले संसद टकरावको थलो नभएको बताएका छन्।  

मंगलबारको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले संसद् संवादको थलो भएकाले टकराब निम्त्याउन नहुने बताए। 

उनले संसद् विधिको थलो भएकाले भन्दै जिद्दीको थलो नभएको बताए। उनले संसद् अराजकको नभई सज्जनको थलो भएको बताए। जनताको जनप्रतिनिधिले जवाफदेही, जिम्मेवार बनाएर भएर काम गर्नुपर्ने बताए। 
 
‘संसद् संवादको थलो हो। टकरावको थलो होइन। संसद विधिको थलो हो जिद्दिको थलो होइन। संसद सज्जनको थलो हो अराजकको थलो होइन,' उनले भने, 'त्यसकारण जनताको जनप्रतिनिधिले जुन एउटा उचाइमा जवाफदेही, जिम्मेवार बनाएर पठाएका छन्, त्यसलाई शीरोधार्य गर्नुपर्छ। त्यसको परिपालना गर्नुपर्छ। संसद् भनेको एउटा नियमनको थलो हो। तथानामको थलो होइन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad