राजनीति


६ महिनामै अर्थ सचिव परिवर्तन, घिमिरेलाई हटाएर उपाध्यायलाई ल्याइयो

६ महिनामै अर्थ सचिव परिवर्तन, घिमिरेलाई हटाएर उपाध्यायलाई ल्याइयो

रामप्रसाद घिमिरे र घनश्याम उपाध्याय


नेपालखबर
माघ २८, २०८१ सोमबार २२:२९, काठमाडौँ

सरकारले ६ महिनामै अर्थ मन्त्रालयको सचिव परिवर्तन गरेको छ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घनश्याम उपाध्यायलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ।

उपाध्याय यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव थिए। त्यसअघि उनी श्रम मन्त्रालयको सचिव, बागमती प्रदेशका प्रमुख सचिवका रूपमा काम गरेका थिए। उनले काठमाडौँ र ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि सम्हालेका थिए।

हालका अर्थ सचिव रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा पठाइएको छ। राष्ट्रपतिको कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरिएको छ।

घिमिरेलाई गत साउनमा अर्थसचिवको जिम्मेवारी दिइएको थियो। त्यसअघि उनी अर्थमै राजस्व सचिव थिए।

आगामी आर्थिक वर्षको बजेट तयारी सुरु हुनै लाग्दा सरकारले अर्थ सचिव परिवर्तन गरेको हो। चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा हालै सार्वजनिक गरिएको छ।

मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशका कामु सचिव बाबुराम अधिकारीलाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad