राजनीति


शंकर पोखरेलको प्रस्ताव : राजनीतिक स्थायित्वका लागि 'थ्रेसहोल्ड' पाँच प्रतिशत

शंकर पोखरेलको प्रस्ताव : राजनीतिक स्थायित्वका लागि 'थ्रेसहोल्ड' पाँच प्रतिशत

फाइल तस्बिर


नेपालखबर
माघ २७, २०८१ आइतबार १७:१, काठमाडौँ

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि पाँच प्रतिशत थ्रेसहोल्ड राख्नुपर्ने बताएका छन्। आइतबार काठमाडौँमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले त्यसका लागि संविधान संशोधन भएन कानुन संशोधन गर्न आवश्यक नभएको तर्क गरे। 

‘स्थायित्वको आधार खोज्ने कुरामा निर्वाचन प्रणालीमा पनि सुधार गर्न सकिन्छ। कानुनमा सुधार गरेर पनि स्थायित्व गर्न सकिन्छ। संविधानमा संशोधन गरी स्थायित्वको आधार खोज्दा कानुन संशोधन गर्नै पर्दैन,' उनले भने, 'त्यसका लागि ५ प्रतिशत थ्रेसहोल्ड राख्ने कुराले स्थायित्वका लागि सहज गर्छ भन्ने हाम्रो मान्यता हो। दलहरूको ह्विप सम्बन्धमा अहिले जस्तो व्याख्या गरेको त्यसमा सुधार गर्न आवश्यक छ।’ 

कानुन निर्माण परस्पर विरोधी धारको संशोधन आएकाले वर्षौँसम्म विधेयक संसद्‌मा अड्किएको पोखरेलले दाबी गरे। पछिल्लो समय दुई ठुला दल (कांग्रेस-एमाले) ले प्रक्रिया अगाडि बढाएको उनले प्रष्ट पारे। पोखरेलले अन्य दलसँग पनि छलफल गर्ने प्रक्रिया सुरु भएको जिकिर गरे। 

जनतामा उत्पन्न भएको निराशालाई अन्त्य गर्न संविधान संशोधनको विकल्प नभएको उनले बताए। सङ्घीय गणतान्त्रिक भविष्यमाथि नै प्रश्न उठेका बेला सरकारले ल्याएको अध्यादेशले सहयोग पुर्‍याउने उनले दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad