राजनीति


अध्यादेशमा गतिरोध देखिएपछि बोलाइयो सत्तारुढ दलको उच्च स्तरीय संयन्त्रको बैठक

अध्यादेशमा गतिरोध देखिएपछि बोलाइयो सत्तारुढ दलको उच्च स्तरीय संयन्त्रको बैठक

फाइल तस्बिर


नेपालखबर
माघ २७, २०८१ आइतबार १०:३६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। 

आइबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरेर बैठक बोलाइएको हो। 

बैठकमा सरकारले हालै जारी गरेका ६ वटा अध्यादेशमा देखिएको गतिरोध लगायत विषयमा छलफल हुने एक नेताले जानकारी दिए।

कांग्रेस-एमाले गठबन्धन सरकारलाई सफल पार्न भन्दै  गत कात्तिक १५ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितकाे उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो।

सरकारले यही माघ २४ गते प्रतिनिधिसभा र राष्ट्रियसभा (दुवै सदन) मा अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी गरेको थियो।

तर, राष्ट्रियसभामा निर्णायक अवस्थामा रहेको जनता समाजवादी पार्टी, नेपालसँग सहमतिको लागि सरकारले गरेको प्रयास असफल भएपछि त्यो दिन दुवै सदनको सूचीबाट अध्यादेशलाई हटाइएको थियो।  

सरकारले माघ १८ गते दुवै सदनमा ६ वटा अध्यादेश पेस गरेको थियो। प्रतिनिधिसभामा अध्यादेश अस्वीकृतको ५० बढी प्रस्ताव दर्ता गरेका छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad