राजनीति


प्रचण्डको दाबी : ०६४ को जस्तै मलाई छुन पाए हुन्थ्यो भन्ने नागरिक चाहना छ

प्रचण्डको दाबी : ०६४ को जस्तै मलाई छुन पाए हुन्थ्यो भन्ने नागरिक चाहना छ

नेपालखबर
माघ २६, २०८१ शनिबार १८:३५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीप्रति आकर्षण हुनेको लर्को लागेको दाबी गरेका छन्।  शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले माओवादी पुरानै अवस्थामा फर्किएर जनताको साथमा जान लागेको बताएका हुन्।  

'नेपालमा हाम्रो शान्ति प्रक्रियामा आइसकेपछि, दुई तीन वटा चुनाव लडिसकेपछि पहिलो पटक फेरि माओवादी आन्दोलन एउटा नयाँ संश्लेषणमा, एउटा नयाँ शक्तिको रुपमा देशभर नयाँ अवसरको मोडमा छ,' उनले भने, '०६४ मा कस्तो थियो, म जहाँ गयो त्यहाँ बुढाबुढी, युवा युवती, बच्चाबच्ची एक पटक छुन पाए हुन्थ्यो भन्ने थियो। त्यस्तो उभार थियो। बीचमा उस्तै उस्तै जस्तो भयो। सबै उस्तै रहेछन् भनेजस्तो भयो। अहिले होइन, माओवादी नै रहेछ हाम्रो पार्टी त भन्ने जनतामा फेरि भएको छ। म जहाँ गएको छु मलाई छुने, यसो हेर्ने, फोटो खिच्ने ०६४ को जस्तै देखेको छु।
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad