राजनीति


ओली नेतृत्वको सरकारलाई तीन वर्ष निरन्तरता दिनुपर्छ : गगन थापा

ओली नेतृत्वको सरकारलाई तीन वर्ष निरन्तरता दिनुपर्छ : गगन थापा

फाइल तस्बिर


नेपालखबर
माघ २६, २०८१ शनिबार १६:१५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केपी ओली नेतृत्वको सरकारलाई तीन वर्षसम्म निरन्तरता दिनुपर्ने बताएका छन्।  

शनिबार काठमाडौँमा अर्घाखाँची-काठमाडौं सम्पर्क समितिको प्रथम अघिवेशनमा महामन्त्री थापाले तीन वर्षसम्म अहिलेको सरकारलाई चल्न दिनुपर्ने र यस अवधिको सम्पूर्ण जिम्मेवारी कांग्रेस र एमालेले लिनुपर्ने बताएका हुन्।

उनले यसअघि चलेका संयुक्त सरकारले गरेका कामको जिम्मेवारी कसैले लिन नखोज्दा जनतामा अन्यौता देखिएको धारणासमेत राखे। सरकारमा रहँदा राम्रो भन्ने र त्यसबाट बाहिर निस्कँदा आफै संलग्न रहेको सरकारले गरेका कामलाई नराम्रो भन्ने प्रवृतिको अन्त्य हुनुपर्ने उनको भनाइ छ।

महामन्त्री थापाले पटक–पटक गठबन्धनको सरकार बन्ने र सरकारले गरेका कामको जिम्मा नलिने कुरालाई तोड्न सक्नुपर्ने बताए। अबको तीन बर्षमा देखिने गरी काम गर्ने र त्यसलाई लिएर ८४ को निर्वाचनमा जनतामाझ जाने अवस्था सिर्जना गर्न सक्नुपर्ने उनको भनाइ छ।

महामन्त्री थापाले संघीयताका विषयमा बेठिक कुरा हुने गरेको भन्दै अहिले समस्या प्रदेशमा नभई संघमा देखिएको जिकिर गरे। तीन तहको सरकारले एक–अर्काको अधिकार खोस्ने काम गर्न नहुने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad