ग्लोबल


केजरीवालको बधाई लगत्तै मोदीको प्रतिक्रिया : विकास र सुशासनको जित भएको छ

केजरीवालको बधाई लगत्तै मोदीको प्रतिक्रिया : विकास र सुशासनको जित भएको छ

नरेन्द्र मोदी


नेपालखबर
माघ २६, २०८१ शनिबार १६:४४, काठमाडौँ

भारतको नयाँ दिल्ली चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)ले ठूलो जित हासिल गरेको छ। जितसँगै भाजपाले देशकै राजधानी दिल्लीमा २७ वर्षपछि सरकार गठन गर्दैछ। 

७० सदस्यीय विधानसभामा भारतीय जनता पार्टी (भाजपा) ले ४७ सिट जित्ने देखिन्छ। हिन्दूस्तानटाइम्सका अनुसार वर्तमान सरकारको नेतृत्व गरिरहेको आम आदमी पार्टी (आप) निकै पछाडि छ। यहाँ ३५ सिट जित्ने दलले सरकार बनाउन सक्छ। 

हार स्वीकार्दै आपका नेता अरविन्द केजरीवालले भाजपालाई बधाई दिएका छन्। उनले प्रतिपक्षमा आफ्नो पार्टीले सशक्त भूमिका निर्वाह गर्ने पनि बताएका छन्।  

अहिले प्रधानमन्त्रीसमेत रहेका भाजपाका नेता नरेन्द्र मोदीले दिल्लीमा विकास र सुशासनको जित भएको प्रतिक्रिया दिएका छन्। एक्समार्फत उनले भनेका छन्, 'विकासको जीत, सुशासनको विजय। भाजपाले पार्टीले दिल्लीको विकासमा कुनै कसर बाँकी छोड्ने छैन।'

देशको राजधानीको रूपमा दिल्ली चुनावलाई दुवै दलले प्रतिष्ठाको लडाइँ बनाएका थिए। बीजेपीको लागि, दिल्ली चुनाव जित्नु भएको चुनावी सफलता मात्र नभई सन् १९९८ देखि यहाँको सत्ताबाट बाहिर भएपछि देशकै राजधानीमा फर्किनु पनि हो। 

महाराष्ट्र र छत्तीसगढ जस्ता अन्य राज्यहरूमा भर्खरको चुनावी सफलता पाएको पार्टीले दिल्ली अभियानमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित साह खटिएका थिए।  राष्ट्रिय स्तरमा प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि दिल्ली चुनावको दौडमा थियो तर यहाँ एक सिट पनि जित्ने सम्भावना छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad