राजनीति


‘पीडितको बचत रकम फिर्ता हुन्छ भने रवि लामिछाने ७७ जिल्ला घुम्न तयार हुनुहुन्छ’

‘पीडितको बचत रकम फिर्ता हुन्छ भने रवि लामिछाने ७७ जिल्ला घुम्न तयार हुनुहुन्छ’

नेपालखबर
माघ २५, २०८१ शुक्रबार १४:५३, काठमाडौँ

रास्वपा सांसद विनीता कठायतले सहकारी पीडितको बचत रकम फिर्ता कहाँ पुग्यो भनेर सरकारसँग प्रश्न गरेकी छन्।  शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कठायतले राज्यले प्रतिशोध साँधेर रवि लामिछानेलाई ८४ दिनसम्म हिरासतमा राखेर जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ? भन्दै प्रश्न गरेकी हुन्।  

‘सहकारी समस्या समाधान भयो त? म सरकारलाई प्रश्न सोध्न चाहन्छु- बचतकर्ताको ३ सय अरब रकम हिनामिना भएको भनिएको छ। पीडित बचतकर्ताको रकम फिर्ता गर्ने कुरा कहाँ पुग्यो?’, उनले प्रश्न गरिन्। 

कठायतले सरकारले पीडितलाई न्याय दिनेभन्दा पनि रवि लामिछानेलाई प्रतिशोध साध्ने हिसाबले बयानका नाममा जिल्ला-जिल्ला घुमाइएको आरोप लगाइन्। 

‘के यसैगरी जिल्ला जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ?,' उनले थप प्रश्न गर्दै भनिन्, 'हुन्छ भनिदियोस् सरकारले। हाम्रो सभापति दुई तिन जिल्ला मात्र होइन ७७ वटै जिल्ला घुम्न तयार हुनुहुन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad