प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भर्चुअल कुराकानी गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको एक्सन रुमबाट ओलीले सबै प्रदेशमा भइरहेका विकास निर्माणबारे छलफल गर्न लागेका हुन्।
ओलीले प्राथमिकता, विकास परियोजना सम्पन्न गरेका ठेकेदारको भुक्तानी रोकिएको विषयमा छलफल गर्न लागेको बताएका छन्। उनले विगतमा रोकिएको ३० अर्ब बक्यौता भुक्तानी पनि सरकारले गरिसकेको उल्लेख गरेका छन्।
123
Shares

प्रतिक्रिया