राजनीति


बहुमतको दुरुपयोग गर्दै माफिलाई देश बेच्न दिँदैनौँ : प्रचण्ड

बहुमतको दुरुपयोग गर्दै माफिलाई देश बेच्न दिँदैनौँ : प्रचण्ड

पुष्पकमल दाहाल । तस्बिर- सरोज नेपाल


नेपालखबर
माघ २४, २०८१ बिहिबार १५:५, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोजे प्रतिरोध गर्ने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको बिहीबारको संसद् बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अझै पनि गठबन्धनका साथीहरू माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको देख्छु म सम्मानित संसदमै म फेरि एकपटक दोहो-याउँछु, हामी अब सत्ताको खेलमा छैनौँ। हामी त जनतातिर फर्किसक्यौँ। सहिदका सपना र संकल्पतिर फर्किसक्यौँ।’

उनले कांग्रेस एमालेको संगतले आफूहरू पनि धुलिएको टिप्पणी गरे।  ‘तपाईहरूका संगतले थोरै मैलिएका थियौँ, धुलिएका थियौँ। आधारभूत वर्गबाट थोरै टाढिएका थियौँ। त्यो धुलो र मैलो टक्टक्याएर हामी फेरि गरिब, सीमान्त वर्ग र वर्गतिर फर्किसक्यौँ’ उनले भने। 

प्रधानमन्त्री केपी शर्मा ओलीतिर संकेत गर्दै सरकार छाड्ने कुरा गरिरहेकोमा प्रचण्डले व्यङ्ग गरे। 

भिडिओ:

 ‘स्थायित्वको गुड्डी हाँकेर बनेको गठबन्धन हो, स्थायित्व होस् । हरेक दिन गनेर आलोपालोको घोषणा गरिरहनुपर्ने गरी विश्वासको यति धेरै संकट राम्रो देखिएन,' उनले भने, 'हामीसँग डराएर हरेक दिन सत्ता हस्तान्तरणको राग गाइरहन पर्दैन, यति दिनमा धरोधर्म छाड्छु भनेर कसम खाइरहन पर्दैन। ०८४ सम्ममात्र किन, त्यो पछि पनि सँगै जानोस्, मेरो शुभकामना छ। हामी सरकार बनाउनेछौँ तर आफ्नै सामर्थ्यमा। सरकारको खेलमा हामी छैनौं तर, अहिले जसरी नै संसदको बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिडिरहनुभयो भने हामी प्रतिरोध गर्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad