बागमती


अदालतको आदेशपछि हेटौँडाको फोहोर संकलन रोकियो

अदालतको आदेशपछि हेटौँडाको फोहोर संकलन रोकियो

नेपालखबर
माघ २४, २०८१ बिहिबार १५:८, हेटौँडा

हेटौँडा उपमहानगरपालिकाको फोहोर संकलन तथा व्यवस्थापन गर्ने कार्य रोकिएको छ। उपमहानगरपालिकाले २४ माघमा सूचना प्रकाशन गर्दै अनिश्चितकालका लागि फोहोर संकलन तथा व्यवस्थापन नहुने जानकारी गराएको हो।

उच्च अदालत पाटन हेटौँड इजलासको २२ माघमा जारी अल्पकालिन अन्तरिम आदेश अनुसार नियमित रुपमा संकलन गर्दै आएको फोहोर संकलन व्यवस्थापन नहुने हेटौंडाले जानकारी गराएको हो। अदालतबाट अर्को आदेश प्राप्त नभएसम्मका लागि फोहोर संकलन तथा व्यवस्थापन नहुने बताइएको हो।

हेटौंडा यसअघि मुलुककै सफा सहरको रुपमा पुरस्कृत समेत भएको थियो। उपमहानगरपालिकाले आफ्नै कर्मचारीमार्फत हेटौँडा बजार क्षेत्रको सरसफाइ गर्दै आएको छ। निजी क्षेत्रसँगको सहकार्यमा उपमहानगरका २३ हजार घरधुरीबाट फोहर संकलन गरी व्यवस्थापन गर्दै आएको छ।

हेटौंडा–१०, राप्तीतटस्थित डम्पिङ साइटको व्यवस्थापन हुन नसकेको, डम्पिङ साइटमा आगलागी भएर वातावरण प्रदूषण भएको भन्दै योगेन्द्रप्रसाद उपाध्यायले दायर गरेको रिट निवेदनमा उच्च अदालत पाटन हेटौंडा इजलासकी न्यायाधीश डा। निर्मला पौडेल भट्टराईले मंगलबार निषेधाज्ञा जारी गर्ने आदेश दिएकी थिइन्।

उपमहानगरपालिका र फोहोर व्यवस्थापनमा उपमहानगरसँग सहकार्य गर्दै आएको ग्रीन एण्ड क्लिन सर्भिसेज नेपालविरुद्ध उपाध्यायले रिट निवेदन दर्ता गराएका थिए। अदालतले २९ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन र हाललाई डम्पिङ साइटमा फोहर नफाल्न आदेश जारी गरेको हो।

उपमहानगरपालिका र फोहोर व्यवस्थापनमा उपमहानगरसँग सहकार्य गर्दै आएको ग्रीन एण्ड क्लिन सर्भिसेज नेपालविरुद्ध उपाध्यायले रिट निवेदन दर्ता गराएका थिए। अदालतले २९ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन र हाललाई डम्पिङ साइटमा फोहर नफाल्न आदेश जारी गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad