आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन्।
माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहका प्रचण्डले बिहीबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका हुन्।
दिउँदे अधिवेशनको पहिलो बैठक (माघ १८ गते)मा सम्बोधन नगरेका प्रचण्डले आज बस्ने दोस्रो बैठकमा सम्बोधन गर्न लागेका हुन्।
गएको शुक्रबार बसेको बैठकको सुरुको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताले सम्बोधन गरेका थिए।
आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
संसदमा विचाराधीण अवस्थामा रहेका विधेकलाई नै अध्यादेशको रुपमा ल्याएको भन्दै प्रतिपक्षी दलहरु एकजुट भएर चर्को विरोध गर्दै आएका छन्।
उनीहरुले संसद्मा अध्यादेशको विपक्षमा अहिलेसम्मकै सबैभन्दा धेरै ५१ वटा सूचना दर्ता गरेका छन्।
हेर्नुहोस् आजको बैठकको कार्यसूची


Shares

प्रतिक्रिया