राजनीति


म शेखर कोइरालासँगै छु, उहाँ पनि मसँगै हुनुहुन्छ भन्ठान्छु : गगन थापा

म शेखर कोइरालासँगै छु, उहाँ पनि मसँगै हुनुहुन्छ भन्ठान्छु : गगन थापा

नेपालखबर
माघ २३, २०८१ बुधबार १८:७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू र डा शेखर कोइराला १५औं महाधिवेशनसम्म एउटै समूहमा रहेको प्रतिक्रिया दिएका छन्। 

कास्कीको पोखरामा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै थापाले शेखर कोइरालालाई आफूले आज पनि नेता मानेको र भोलि पनि मानिरहने बताएका हुन्।  

‘उहाँ (शेखर)आज पनि नेता हुनुहुन्छ। भोलि पनि रहनुहुन्छ। पार्टीभित्र म उहाँको नेतृत्वमा १४औं महाधिवेशनमा म प्रतिस्पर्धा गरेको हुँ,’ उनले भने। 

उनले अहिले आफू पार्टीको महामन्त्रीसमेत भएकाले सबैको हुने कोसिस भने गरिरहेको बताए। तर कांग्रेसभित्र समूहको कुरा आउँदा आफू शेखर कोइराला भएकै समूहमा रहेको उनको भनाइ छ।  

‘पार्टीभित्र हामीकहाँ समूह बन्ने कुरा स्वाभाविक भए। महामन्त्रीको रूपमा मैले सबैको हुने कोसिस गर्नुपर्छ। जब समूहको कुरा आउँछ, १५औं महाधिवेशनसम्म शेखर कोइराला र म एकै ठाउँमा छौँ,’ उनले भने, ‘मचाहिँ त्यहीँ छु। म जहाँ छु शेखर कोइराला डाक्टरसाप पनि हुनुहुन्छ भन्ठान्छु। रहने कि नरहने भन्ने कुरा आ-आफ्नो व्यक्तिगत छनोटको कुराहरू भए।’

कांग्रेसको १४औं महाधिवेशनमा गगन शेखरको समूहबाट महामन्त्री उम्मेदवार बनेर निर्वाचित बनेका हुन्। शेखर भने शेरबहादुर देउवासँग सभापति पदमा पराजित भए। 

पछिल्लो समय शेखर र गगनबीच दूरी बढ्दै गएको छ। शेखर पुन: सभापतिको उम्मेदवार बन्ने घोषणा गरी देश दौडाहामा छन्। उता गगन पनि सभापतिको उम्मेदवार बन्ने गरी तयारी गरिरहेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad