नेपाली सेनाका उपरथी नहकुल बहादुर रायमाझीले सैनिक इन्टेलिजेन्स महानिर्देशनालयको जिम्मेवारी पाएका छन्। उपरथीमा बढुवा भएको एक महिनापछि बुधबार दर्ज्यानी चिह्न प्रदान गर्दै उनलाई नयाँ जिम्मेवारी प्रदान गरिएको हो।
रायमाझीलाई पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले सहायक रथीबाट उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। बुधबार प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आयोजित समारोहमा दर्ज्यानी चिन्ह प्रदान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
अब सूचना सङ्कलनमा महत्त्वपूर्ण मानिने महानिर्देशनालयको महानिर्देशकका रूपमा रायमाझीले काम गर्नेछन्।
1.4k
Shares

प्रतिक्रिया