राजनीति


संघीयताप्रति नेताहरू नै असन्तुष्ट छन् : राष्ट्रिय सभा अध्यक्ष दाहाल

संघीयताप्रति नेताहरू नै असन्तुष्ट छन् : राष्ट्रिय सभा अध्यक्ष दाहाल

नेपालखबर
माघ २१, २०८१ सोमबार १६:३८, काठमाडौँ

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीयतासम्बन्धी ऐन, कानुन निर्माण गर्नेकुरामा राजनीतिक नेतृत्व नै असन्तुष्ट रहेको बताएका छन्।

सोमबार सरोकार दर्पणको लोकार्पण विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले जनस्तरमा अहिले संघीयताप्रति नकारात्मक भावना जागृत हुनु स्वभाविक रहेको बताए।

अध्यक्ष दाहालले संघीयता सम्बन्धी ऐन, कानून निर्माणमा नेताहरू नै असन्तुष्ट रहेको बेलामा नागरिकहरूले सेवा सुविधा, छिटो छरितो नपाउँदा गुनासो गर्नु सामान्य रहेको बताए।

उनले संघीयताका सिद्धान्तहरु आफैँमा नरहेको भन्दै सही कार्यान्वयनको आवश्यकता रहेको बताए। नेतृत्वले जिम्मा लिएका कुराहरु समयमै नागरिकस्तरमा पुर्‍याउँदा नै संघीयता सफल हुने उनको भनाई थियो।

अध्यक्ष दाहालले भने, ‘अहिले जनस्तरमा अलि बढी संघीयताप्रति एउटा खालको नकारात्मकतातिर ओरेन्टेशन भएको हो की भन्ने अनुभुत हुन्छ। तर मलाई के लाग्छ भने संघीयता आफैँमा गलत हो, संघीयताका सिद्धान्तहरु आफैँमा गलत छन् भन्नेतिर त म धेरै पाउँदिन। संघीयता हामीले ल्यायौँ। हामीले नै संघीयता कार्यान्वयन गर्न जाँदैछौँ। कार्यान्वयन गर्नको निम्ति हुने हरेक गतिविधिहरु मुख्यतः ऐन, कानून निर्माणको सवालमा हामी आफैँ कहीँ न कहीँ असन्तुष्ट छौँ।’

अध्यक्ष दाहालले जनतालाई सुविधा दिनेकुरामा बढी गम्भीर हुनुपर्ने बताए। जलवायु परिवर्तनले जीवनस्तर, रहनसहन र सोचाईमा समेत प्रभाव पारको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad