ad ad

राजनीति


कोरोनाविरुद्ध लड्न नेपालले चीन र भारतसँग यस्ता स्वास्थ्य सामग्री माग्ने

कोरोनाविरुद्ध लड्न नेपालले चीन र भारतसँग यस्ता स्वास्थ्य सामग्री माग्ने

नेपालखबर
चैत ९, २०७६ आइतबार ९:२७,

नेपालले कोरोना भाइरससँग लड्न दुवै छिमेकीसँग स्वास्थ्य उपकरण माग्ने भएको छ।

नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेकाले आइतबार स्वास्थ्य मन्त्रालय यी सामग्री माग्ने निर्णय गरेको छ।

चीन र भारतमा रहेका नेपाली राजदूतावासले यसका लागि पहल गर्नेछ।

 नेपालले चीनसँग तीन लेभलको गरी २ लाख पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), पीसीआर टेस्ट किट एक लाख, भीटीएम एक लाख, एन९५ मास्क डेढ लाख थान माग्ने भएकाे छ।  त्यस्तै ल्याबसहितको एम्बुलेन्स १० थान, मोबाइल एम्बुलेन्स ५ थान समेत माग्ने भएको हो।

अधिकारीहरुका अनुसार स्वास्थ्य मन्त्रालयले याे प्रस्ताव तयार पारी परराष्ट्र मन्त्रालयलाई बुझाइसकेकाे छ। परराष्ट्रले सम्बन्धित मुलुकसँग यसबारे छलफल तथा संयाेजन सुरु गरिसकेकाे छ।

नेपालले चीनसँग मागेका सामग्री:

china-ppe.jpg

त्यस्तै सरकारले भारतसँग पीपीई एक लाख ६० हजार थान, पीसीआर टेस्ट किट ५ लाख, भीटीएम १ लाख र ए९५ मास्क डेढ लाख माग गरेको छ।

नेपालले भारतसँग मागेका सामग्री:

india-ppe.jpg

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .