राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले प्रतिपक्ष दलहरूको मागका कारण सरकारले संसद अधिवेशन आह्वान गरेको बताएका छन्।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन्। सरकार अधिवेशन बोलाउनबाट पछि हटिरहेको समयमा प्रतिपक्षले संसद अधिवेशन नबोलाए विशेष अधिवशेनको माग गर्ने चेतावनीपछि संसद अधिवशेन बोलाइएको बताए।
उनले आगामी अधिवेशन सयममा संसद बोलाउन आफूहरूको माग रहेको स्पष्ट पारे। संसद प्रतिपक्षको हो भन्नेकुराको पुष्टि पुनः भएको उनले बताए।
डा. भुसालले भने, ‘दुःखका साथ भन्नुपर्छ। सरकार यो अधिवेशन बोलाउन चाहँदैन थियो। तथ्य प्रमाणले बोल्छ, यो अधिवेशन प्रतिपक्षहरुको पटक पटकको अधिवेशन समयमा बोलाइयोस् र यदी बोलाइँदैन भने हामी विशेष अधिवेशनको माग गर्न बाध्य हुनेछौँ भनिसकेपछि नै यो अधिवेशन बोलाइएको हो। यसमा सत्ता पक्षका मान्यज्युहले दुःख नमान्नु होला। यो त यथार्थ हो। त्यो वातावरण सिर्जना नहुनु पर्दथ्यो। नियमित अधिवेशन नियमित समयमा चलुन् भन्ने हो। यसले संसद प्रतिपक्षको हो भन्नेकुरा पुष्टि गरेको छ।’
उनले सरकारले अधिवेशन आह्वन गर्नु भन्दा ४ दिनअघि मात्रै अध्यादेश ल्याएको भन्दै विरोध जनाए। अध्यादेश जनताको पक्षमा नरहेको भुसालको भनाई थियो।
Shares

प्रतिक्रिया