राजनीति


सात बुँदे सहमति कार्यान्वयन गर्न कांग्रेस दृढ छ: देउवा

सात बुँदे सहमति कार्यान्वयन गर्न कांग्रेस दृढ छ: देउवा

नेपालखबर
माघ १८, २०८१ शुक्रबार १५:२४, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र कांग्रेसको संयुक्त गठनको बेला भएका सहमति कार्यान्वयन गर्न पार्टी दृढ रहेको बताएका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विगतमा सरकार स्थिर नहुँदा आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको कारण वर्तमान सरकार गठन भएको दाबी गरे।

उनले मुलुकमा सुशासन कायम गर्दै मुलुकमा आर्थिक समृद्धि ल्याउनु वर्तमान सरकारको मुख्य ध्येय भएको बताए। सरकार सुशासन कायम गर्दै आर्थिक उन्नतिको क्षेत्रमा अघि बढिरहेको सभापति देउवाले बताए।  

उनले भने, ‘विगतमा सरकार स्थिर नहुँदा मुलुकको आर्थिक स्थितिमा नकारात्मक प्रभाव परेको हुँदा यो सरकार गठन भएको हो। कांग्रेस र एमालेबीच सात बुँदै सहमति भएर सरकार गठन भएको हो। यसमा अन्यमा दलहरु समेत समाहित छन्। सरकार गठनका बखत भएको सहमति कार्यान्वयनका लागि नेपाली कांग्रेस दृढ छ। यो सहमति कार्यान्वयन हुनेछ र अन्य राजनीतिक दलहरुको सहयोग रहेनछ भन्ने मेले विश्वास गरेको छु।’

सरकारले विगत छ महिनामा गरेका कामहरु सकारात्मक रहेको दाबी गर्दै उनले भविष्यमा राम्रो प्रगति हासिल हुने अनुभुति गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad