राजनीति


भट्टराईले नेपाललाई भने : के हुन लाग्यो, अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गरेको छ

भट्टराईले नेपाललाई भने : के हुन लाग्यो, अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गरेको छ

नेपालखबर
माघ १८, २०८१ शुक्रबार १५:२५, काठमाडौँ

नेकपा (एमाले)का सांसद योगेश भट्टराईले ‘अध्यादेशबाट जन्मिएको’ पार्टीले अध्यादेशकै विरोध  गर्दा आफू अचम्ममा परेको बताएका छन्। शुक्रबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै भट्टराईले नेकपा एकीकृतल समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई इंगित गर्दै यस्तो बताएका हुन्।  

'अध्यादेशबाट जन्मिएको पार्टी अध्यादेश ठिक छैन भनिरहेको छ, के हुन लागेको हो यो नेपालमा ! अचम्म लागिरहेको छ,' भट्टराईले सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै भने। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले वर्तमान सरकारले ल्याएको अध्यादेशको विरोध गरिरहेको छ।  

उनले ०७८ साल भदौ २ गते अध्यादेशकै कारण एमाले विभाजन भएको पनि सम्झिए। भट्टराईले प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक अरुलाई अध्यादेशको विरोध गर्ने अधिकार नभएको पनि बताए। 'माननीय प्रेम सुवाल र योगेन्द्र मण्डलबाहेक कसैलाई पनि अध्यादेशको विरोध गर्ने अधिकार छैन,' उनले भने, 'अरुले अध्यादेशको विरोध गर्नु, विमती राख्नु नौटंकी हो।' अरु सबै कुनै न कुनै समय सरकारमा सहभागी भएकोले अध्यादेशको विरोध गर्न नसुहाउने उनको भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad