राजनीति


नेपाल बारको चुनाव चैत २३ मा गर्ने निर्णय

नेपाल बारको चुनाव चैत २३ मा गर्ने निर्णय

नेपालखबर
माघ १८, २०८१ शुक्रबार ७:३६, काठमाडौँ

देशभरका कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि आगामी चैत २३ गते हुने भएको छ।

नेपाल बारको बिहीबार बसेको कार्यसमिति बैठकले यो निर्णय गरेको अध्यक्ष गोपालकृष्ण घिमिरेले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार बैठकले वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाको अध्यक्षतामा ५ सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ। समितिमा ताराबहादुर सिटौला, चन्द्रबहादुर शाही, तेजनाथ धमला र सेमन्त निरौला सदस्य छन्। 

अब देशभरका कानुन व्यवसायीले प्रत्यक्ष मतदान गर्ने चुनावबाट २७ ‍औँ कार्यसमिति चयन गर्नेछन्। नेपाल बारको कार्यसमिति २५ सदस्यीय हुन्छ। 

नेपाली कांग्रेस र नेकपा एमालेनिकट संगठनहरू नेतृत्वका मुख्य दाबेदार छन्। यसपालि सरकारमा यी दुवै दलको गठबन्धन भएकाले बारमा कस्तो समीकरण बन्छ भन्ने स्पष्ट भइसकेको छैन। 

हालै सर्वोच्च अदालत बार एसोसिएनमा कांग्रेस र एमालेनिकट संगठन आमनेसामने भएका थिए। कांग्रेसनिकट संगठन डेमोक्रेटिक लयर्स एसोसिएसनका उम्मेदवार मेघराज पोखरेल अध्यक्षमा निर्वाचित भएका थिए। नेकपा एकीकृत समाजवादीनिकट संगठनको पनि उनलाई साथ थियो। 

यसअघि २०७८ चैतमा बारको चुनाव भएको थियो। त्यतिखेर नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो। उक्त गठबन्धनबाट हालका अध्यक्ष गोपालकृष्ण घिमिरेको प्यानलै विजयी भएको थियो। उनले ४ हजार ४७४ मत ल्याउँदा नेकपा एमालेनिकट  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारी २ हजार ४८२ मतले पारजित भएका थिए। 

नेपाल बारमा प्रत्येक ३ वर्षमा नेतृत्व चयनका लागि निर्वाचन हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad