नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षका उम्मेदवारले रातो मसी भएको कलमले रेज लगाइएको मतपत्रलाई मात्रै मान्यता दिनुपर्नै माग गरेका छन्।
अध्यक्षका चार उम्मेदवारमध्य हेमन्त राई, उपदेश यादव र सुदिन पौडेलले मंगलबार अनेरास्ववियू क्रान्तिकारीका निर्वाचन अधिकृतलाई पत्र लैख्दै अन्य मसी प्रयोग भएको मतपत्रलाई बदर गर्न माग गरेका हुन्। त्यस्तै बाँकी रहेको मत पनि पहिलेको मतगणना केन्द्र वाल्मीकि विद्यापीठमै गन्नुपर्ने अडान उनीहरूको छ।
क्रान्तिकारीको गैरभौगोलिक २ प्रदेश (विश्वविद्यालय र विशेष प्रदेश) अन्तर्गत काठमाडौँको वाल्मीकि विद्यापीठमा भएको मतदानको गणना मसी विवादका कारण आइतबार बिहानदेखि अवरुद्ध छ। 
मतगणना अघि बढाउने प्रयास सफल नभएपछि अखिल क्रान्तिकारीको केन्द्रीय निर्वाचन समितिले अध्यक्षका सबै उम्मेदवारलाई आजै छलफलका लागि पार्टीको मुख्यालय पेरिसडाँडा बोलाएको थियो। तर, त्यहाँ पनि यसबारे सहमति जुट्न सकेको थिएन।
सात प्रदेशको मत भने गणना भइसकेको छ। अहिलेसम्मको मत परिणाम हेर्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर विजय सापकोटा र महासचिव जनार्दन शर्मा पक्षधर राईबीच कडा टक्कर देखिएको छ।
Shares

प्रतिक्रिया