नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकलाई निकास दिनको लागि नेपाली विशेषतामा आधारित समाजवादको आवश्यकता रहेको बताएका छन्।
मंगलबार समाजवादी मोर्चा नेपालले काठमाडौँमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै उनले नेपाललाई पूँजीवाद र दलालवादबाट अन्त्य गर्नको लागि नेपाली विशेषतामा आधारित समाजवादको आवश्यकता रहेको जिकिर गरे।
‘नेपालको एउटा निर्विकल्प निकास भनेको समाजवाद हो,’ विप्लवको भनाइ छ, ‘नेपाललाई पूँजीवाद र दलालवादबाट अन्त्य गर्नको लागि निकास दिने नेपाली विशेषताको समाजवाद हो। आजको दिनमा नेपालको सन्दर्भमा वैज्ञानिक समाजवादमा सहमति बन्न सक्दैन भनेपनि समाजवादी पार्टीहरुको बीचमा एउटा सहमति कायम गर्दै जुनसुकै क्षेत्रबाट होस् त्यसलाई अगाडि लग्नुपर्ने जरुरी छ। जसले राजीतिक स्थिरता दिनसक्छ। शासकीय प्रणालीको स्वरुपमा परिवर्तन गर्नसक्छ।’
समाजवादी मोर्चालाई अझै सक्रिय बनाउन सबै दलहरु एक भएर अगाडि बढ्नुपर्नेमा उनको जोड छ।
Shares

प्रतिक्रिया