पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अलोकतान्त्रिक र निरंकुश शैलीमा अध्यादेश ल्याएको बताउँदै विपक्षी दलहरुले सामूहिक विरोध गर्ने बताएका छन्।
मंगलबार समाजवादी मोर्चा नेपालले काठमाडौँमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै उनले संसद्मा रहेको विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याउनु सरकारको स्वेच्छाचारी र निरंकुश कदम भएको आरोप लगाए।
‘सरकारले अध्यादेशहरु बडो अलोकतान्त्रि र निरंकुश तरिकाले ल्याएको छ,’ प्रचण्डको भनाइ छ, ‘आफैँले भन्ने गरेको मान्यताविपरित सदनमा भएको विधेयक समेत फिर्ता नलिईकन जबरजस्ती जो अध्यादश ल्याउने काम भएको छ, यो स्वेच्छाचारी र निरंकुश छ।’
उनले संसद् बैठकअघि विपक्षी दलहरुसँग बसेर सामूहिक ढंगले कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल गर्ने जानकारी दिए। ‘हामी सदनको पहिलो दिनका बैठकभन्दा अगाडि फेरि एकपटक बैठक बसेर सामूहिक ढंगले कसरि सदनमा प्रस्तुत हुने, सकारले जनताको इच्छाविपरित र राष्ट्रविरोधी क्रियाकलापहरु र देशमा आर्थिक संकट बढाउनका लागि जो काम गरेको छ, भ्रष्टाचारीलाई बचाउने जो काम गरेको छ।’
उनले थपे, ‘आफ्नालाई बचाउने र राजनीतिक विरोधीमाथि प्रतिशोध साँध्ने जुन काम भएको छ त्यसको बारेमा विपक्षी दलहरुलाई सामूहिक रुपले अगाडि बढाउने कोसिस पनि हामीले गरेका छौँ।’
Shares

प्रतिक्रिया