राजनीति


संसद अधिवेशनमा माघ महिनाको कार्यतालिका- ४ दिन सदन, ३ दिन समितिका बैठक

संसद अधिवेशनमा माघ महिनाको कार्यतालिका- ४ दिन सदन, ३ दिन समितिका बैठक

नेपालखबर
माघ १४, २०८१ सोमबार १५:७, काठमाडौँ

माघ १८ गते सुरु हुने संसद अधिवेशनअन्तर्गत माघ महिनाको कार्यतालिका तयार भएको छ।

सोमबार सिंहदरबारमा बसेको सभामुख र राजनीतिक दलहरूका प्रमुख सचेतक-सचेतकहरूको बैठकले कार्यतालिका तयार पारेको हो। जसअन्तर्गत १८ गतेपछि २२, २३ र २४ गते संसदको बैठक बोलाइने तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए।

उनका अनुसार  २५, २६ र २७ संसदीय समितिको बैठक बस्नेछ। त्यस्तै २८, २९ र ३० गते पुनः संसदको बैठक बस्नेछ। पहिलो बैठकका दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका नेताहरूले संसदमा सम्बोधन गर्ने गरी तालिका बनाएर समय निर्धारण गरिएको छ। त्यही दिन सबै अध्यादेशहरू सबै पेस गरिनेछ।

उनले भने, ‘भोलि ११ बजे कार्य व्यवस्था समितिको बैठक बोलायौँ। यो महिनाको ३० गतेसम्म संसद चलाउँछौँ। १८ गतेबाट सुरु हुन्छ। २२,२३ र २४ गते हाउस बोलाउँछौँ। १८ गतेको बैठकमा अध्यादेशहरू सबै पेस हुन्छन्। २५,२६ र २७ संसदीय समितिहरूको बैठक हुन्छ। २८,२९ र ३० गते पुनः संसद बस्छ।’

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सभामुख देवराज घिमिरेले १८ गतेदेखि सुरु हुने संसद अधिवेशनलाई सञ्चालन गर्ने कार्यतालिकाको विषयमा छलफल गरेको बताए। 

उनले भने, ‘संसद अधिवेशनलाई सञ्चालन गर्ने कार्यतालिकाको विषयमा गहन रूपमा छलफल भयो। १८ गते सुरुवात हुने संसदमा कसरी समय विभाजन गर्ने, कसले धारणा राख्ने, यो महिनासम्मको लागि क्यालेन्डर तयार गरेर सचिवालयले ल्याएको थियो। त्यसमा छलफल भयो।’

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले एक हप्तामा तीन दिन समिति र तीन दिन संसद सञ्चलन गर्ने गरी कार्यतालिका बनाइएको बताए। सरकार सदनप्रति उत्तरदायी नभएको महसुस आफूहरूले गरिरहेको उनको भनाइ छ।

सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad