राजनीति


रास्वपाले बोलायो सचिवालय बैठक, छलफलका लागि ७ एजेन्डा

रास्वपाले बोलायो सचिवालय बैठक, छलफलका लागि ७ एजेन्डा

फाइल तस्बिर


नेपालखबर
माघ १३, २०८१ आइतबार १२:१०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ। सोमबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी बोलाइएको बैठकमा छलफलका लागि ७ एजेन्डा तय गरिएका छन्। 

रास्वपाकी कार्यवहाक प्रवक्ता प्रतिभा रावलका अनुसार संसद् अधिवेशनदेखि स्वतन्त्र जनप्रतिनिधिहरूलाई रास्वपा आवद्ध बनाउनेसम्मका छन्।

यी हुन् छलफलका विषयः
१. समसामयीक राजनीति र पार्टी गतिविधि।
२.विभिन्न नियमावलीहरू, विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव र नयाँ नियमावलीहरु प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१)
३. सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा)।

४. स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने सम्बन्धमा।
५. संसद् अधिवेशन।
६. सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयन।
७. विविध।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad