कर्णाली


४ दिनअघि भागी विवाह गरेको जोडी मृत फेला

४ दिनअघि भागी विवाह गरेको जोडी मृत फेला

दिनेश बुढा
माघ १२, २०८१ शनिबार १७:५५, सुर्खेत

रुकुम पश्चिममा केही दिनअघि भागी विवाह गरेको एक जोडी मृत फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार शनिबार बिहान उक्त जोडी मृत फेला परेको हो। 

प्रहरीका अनुसार केही दिनअघि भागी विवाह गरेका जिल्लाको त्रिवेणी गाउँपालिका-४ खुम्चेरीका वर्ष १९ का लोकेन्द्र खड्का र वर्ष १९ की सपना पुन मगर मृत भेटिएका हुन्। 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले सोही गाउँपालिकाको वडा नम्वर ६ मा घर भएकी सपनालाई लोकेन्द्रले केही दिनअघि भगाएर विवाह गरेका कुरा स्थानीयले बताएको जानकारी दिए। 

साथै डिएसपी विष्टले शनिबार बिहान करिब ९ बजेको समयमा लोकेन्द्रको घरमा दुवै जना मृत फेला परेको बताए।

डिएसपी विष्टकाअनुसार लोकेन्द्रको शव झुण्डिएको अवस्थामा फेला परेको छ। घटनाको थप अनुसन्धान भइरहेको बताउँदै विष्टले आफन्तहरू आएपछि विस्तृत अनुसन्धान थाल्ने बताए। 

स्थानीयका अनुसार उनीहरुले चार दिनअघि भागी विवाह गरेका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad