राजनीति


राजेन्द्र महतोको दल निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न ग्यास सिलिन्डर

राजेन्द्र महतोको दल निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न ग्यास सिलिन्डर

फाइल तस्बिर


नेपालखबर
माघ ८, २०८१ मंगलबार १६:३१, काठमाडौँ

राजेन्द्र महतोको नेतृत्वको दल ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ। मंगलबार दर्ता भएको दलले चुनाव चिह्न ग्यास सिलिन्डर पाएको छ। 

गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको बताइएको छ।

 

दलको मार्ग निर्देशक सिद्दान्त ‘स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवाद’ रहेको छ। 

महन्थ ठाकुरको नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग हुँदै महतोले राष्ट्रिय मुक्ति अभियान सुरु गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad