राजनीति


बानेश्वरमा विपक्षी दलको बैठक सुरु

बानेश्वरमा विपक्षी दलको बैठक सुरु

नेपालखबर
माघ ४, २०८१ शुक्रबार १४:३८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरुको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ। 

बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राप्रपा, नेपाल समाजवादी लगायतका दल सहभागी भएका छन्। 

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बसेको बैठकमा माओवादीबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, रास्वपाबाट कार्यबहाक सभापति डीपी आर्याल र सन्तोष परियार, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र बुद्धिमान तामाङ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र बेदुराम भुसाल लगायत उपस्थित छन्। 

बैठकपछि विपक्षी दलहरुले संसद् भवनमै संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दैछन्। सरकारले ल्याएको अध्यादेशको विरोध गरेका विपक्षी दलले आवश्यक परे संसद्को विशेष अधिवेशन माग गर्ने समेत तयारी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad