हङकङबाट म्यानमार पुर्‍याई बन्धक बनाइएका व्यक्तिका परिवारले तिरेका थिए ३० हजार अमेरिकी डलर फिरौती

हङकङबाट म्यानमार पुर्‍याई बन्धक बनाइएका व्यक्तिका परिवारले तिरेका थिए ३० हजार अमेरिकी डलर फिरौती

सुरक्षा ब्युरो, प्रहरी र अध्यागमन विभागका सदस्यसँग हङकङ विमानस्थलबाट बाहिरिँदै पीडित (स्रोत : सुरक्षा ब्युरो)


नेपालखबर
माघ ४, २०८१ शुक्रबार १४:४७, हङकङ

हङकङबाट म्यानमार पुर्‍याई बन्धक बनाइएका एक व्यक्तिका परिवारले ३० हजार अमेरिकी डलर फिरौती तिरेको खुलेको छ।

आकर्षक रोजगारी दिलाइदिने भन्दै म्यानमार पुर्‍याई बन्धक बनाइएका दुई युवती पनि यसअघि फिरौती तिरी हङकङ आइपुगेका थिए। त्यसभन्दा अघि पनि यसरी नै पुर्‍याइएका १६ जना सहर फर्किसकेका छन्।

आकर्षक रोजगारी दिलाइदिने भन्दै हङकङका २ युवतीलाई म्यानमार पुर्‍याई फिरौती माग्ने महिला पक्राउ

न्यु टेरिटोरिज दक्षिण मुख्यालयका वरिष्ठ सुपरिटेन्डेन्ट इउ विङकानका अनुसार यसरी म्यानमारमा २८ जना हङकङवासीलाई पुर्‍याइएको थियो। जसमध्ये केही व्यक्ति अझै बन्धक छन्।

पछिल्लो पटक फिरौती तिरेर हङकङ आइपुगेका व्यक्तिले ३० हजार अमेरिकी डलर तिरेको खुलासा पूर्वजिल्ला पार्षद् एन्डी युले गरेका हुन्।

जो पीडितको रिहाइमा आफू स्वयं खटेका थिए। उद्धारमा सहयोग गरेका पूर्वजिल्ला पार्षद् युले उक्त फिरौती रकम ३० हजार अमेरिकी डलर रहेको प्रहरीलाई उद्धृत गर्दै बताए।

युका अनुसार पीडितको परिवारलाई दुई हप्ताअघि नै गिरोहको फोन आएको थियो। यसबीचमा परिवारले प्रहरी, यु लगायतसँग परामर्श गरी अघि बढेको थियो। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .