राजनीति


गठबन्धनमा समस्या नरहेको कांग्रेसको निष्कर्ष, मन्त्रीको काममा गति बढाउने

गठबन्धनमा समस्या नरहेको कांग्रेसको निष्कर्ष, मन्त्रीको काममा गति बढाउने

फाइल तस्बिर


नेपालखबर
माघ ३, २०८१ बिहिबार १४:१३, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारमा कुनै समस्या नरहेको बताएका छन्।बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग कार्यप्रगति विवरणबारे जानकारी गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।


उनले कांग्रेस र एमाले सम्मिलित सरकारमा कुनै बाधा, व्यवधानहरु नरहेको र  सभापतिसँग आफ्नो मन्त्रालयका कामहरु अझ कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको जानकारी दिए।

त्यस्तै नेकपा एमाले र नेपाली कांग्रेसको बीचमा बनेको ७ बुँदे सहमतिअनुसार अहिलेको सत्ता समीकरणलाई अघि बढाउने र राम्रो ढंगबाट जनतामा सेवा प्रवाह गर्ने विषयमा छलफल केन्द्रित रहेको समेत जानकारी दिए।

‘नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ, हाम्रो बीचमा कुनै समस्या छैन,’ लेखकले भने, ‘दुई दलको सम्मिलित सरकारमा कुनै बाधा, व्यवधान र अफ्ठ्याराहरु छैनन्। आफ्ना आफ्ना मन्त्रालयमा थप राम्रो काम कसरी गर्ने भन्नेकुरामा छलफल भएको छ। सबै मान्य मन्त्रीज्युहरुबाट आएको कुरा भनेको नेकपा एमाले र नेपाली कांग्रेसको बीचमा बनेको ७ बुँदे सहमतिअनुसार यो समीकरणलाई लिएर अघि बढ्ने कुरामा नै केन्द्रित भएर काम गर्ने हो, सेवा प्रवाहको क्षेत्रमा नागरिकलाई बढी भन्दा बढी सेवा, राम्रो ढंगबाट प्रवाह गर्ने र मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्नेकुरामा केन्द्रित भएर काम गर्ने विषयमै छलफल भएको छ। हामी दुई दलका बीचमा कुनै समस्या छैन भन्ने नै हाम्रो निस्कर्ष हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad