राजनीति


प्रधानमन्त्री ओलीले भने– आज भूमिसम्बन्धी अध्यादेश पनि आउँछ

प्रधानमन्त्री ओलीले भने– आज भूमिसम्बन्धी अध्यादेश पनि आउँछ

फाइल तस्बिर


नेपालखबर
माघ २, २०८१ बुधबार १३:१२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि सम्बन्धी अध्यादेश आज जारी हुने दाबी गरेका छन्। बुधवार बिहान बालुवाटारमा उद्योगी व्यवसायीसँगको छलफलमा उनले यस्तो जानकारी दिएका हुन्। उनले भूमिसम्बन्धी अध्यादेश जारी भएसँगै भूमि सम्बन्धित समस्याहरु समाधान हुने समेत दाबी गरे।

‘आज अर्को भूमि सम्बन्धी अध्यादेश पनि आउँछ,’ ओलीले भने, ‘जसले भूमिमा भएका बेठिक खालका कतिपय कुराहरु छन्, ती कुराहरु नसुल्झिएका समस्याहरु छन्, ती सुल्झाउन, कतिपय समस्या छन्। सरकरले पहिला आफैँ जग्गा किन्न दिन्छ, हाउजिङ गर्न दिन्छ, प्रसस्त घर बनाउन दिन्छ, अनि बनाइसकेपछि हद भन्दा बढी जग्गा किनेछु बेच्न त पाइँदैन भन्छ, घर बनाएर लटरम्म अंगुर फलेजस्तो घर फलेका छन्, बेच्न पाइँदैन।’

रकारले पुस २६ गते विभिन्न ५ अध्यादेश ल्याएको थियो। जसमध्य राष्ट्रपति कार्यालयले सोमबार सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, निजीकरण (पहिलो संसोधन) अध्यादेश, र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेको थियो। 

अध्ययन गर्नुपर्ने भन्दै राष्ट्रपति कार्यालयले भूमिसम्बन्धी अध्यादेश भने रोकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad