हङकङमा चोरीका मोटरसाइकलसहित ३ जना पक्राउ

हङकङमा चोरीका मोटरसाइकलसहित ३ जना पक्राउ

हङकङ सहर (एससीएमपी)


नेपालखबर
माघ २, २०८१ बुधबार १३:१३, हङकङ

हङकङ प्रहरीले चोरीका ३ वटा मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ।

शुक्रबार र शनिबार ५ वटा मोटरसाइकल चोरी भएको रिपोर्ट प्राप्त गरेपछि गरेको खोजीका क्रममा प्रहरीले ३ जनालाई पक्राउ गरिएको जनाएको हो।

जनवरी १० र ११ मा क्वाइचिङबाट मोटरसाइकल हराएको रिपोर्ट प्रहरीलाई आएको थियो।
 
पक्राउ परेका सन्दिग्धहरू ३२ देखि ४३ वर्ष उमेर समूहका छन्। पक्राउपछि आरोपितहरूले प्रहरीलाई बताएअनुसार उनीहरूले सीसीटीभी कभरेज नभएका भवनहरूको पछाडिका गल्लीहरूमा अवस्थित सार्वजनिक पार्किङबाट ती मोटरसाइकल चोरेका थिए।

प्रहरीले आरोपितहरूबाट मोटरसाइकलसँगै चोरीका अन्य सामान पनि बरामद गरेको जनाएको छ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .