संसद्का विपक्षी दलहरुको बैठक सिंहदरबारमा बस्दैछ।
संसद्को प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायत दलका नेताको बैठक बुधबार बिहान नौबजे बस्न लागेको हो।
बैठक सिंहदरबारस्थित माओवादी दलको कार्यालयमा बस्ने छ।
बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् ।
वर्तमान सरकारले जनप्रिय काम नगरेको भन्दै विपक्षी दलहरु मिलेर अघि बढ्ने रणनीतिमा छन्। सोही क्रममा आज विपक्षी दलको बैठक बस्न लागेको हो।
केही दिनअघि प्रचण्ड र माधव नेपालबीच भएका छलफलमा पनि सरकारविरुद्ध समाजवादी मोर्चालाई सक्रिय बनाउने निर्णय भएको थियो।
201
Shares

प्रतिक्रिया