नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको नेतृत्व कम्युनिष्ट पार्टीका नेताले गरे पनि जनतामा सन्तुष्टि नभएको दाबी गरेका छन्। मंगलबार पिस्कर स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको राजनीतिमा पछिल्लो समय धेरै विकृति विसंगतिहरु टिप्पणी गरे।
‘नेपालमा न्यायको पक्षमा आवाज उठाउने कम्युनिष्ट पार्टीहरु पनि छन्, निमुखाको आवाज बोक्ने पनि छन्,’ नेपालले भने, ‘अहिलेको राजनीतिमा धेरै विकृति विसंगतिहरु आएका छन्। मुलुक चलाउने जिम्मेवारी पाएका कम्युनिष्ट पार्टीका मान्छे छन्। तर जनता सन्तुष्ट हुन सकेका छैनन्। कम्युनिष्ट भएर मात्रै पनि हुँदैन। कम्युनिष्ट पार्टीका नेताहरुले नै कम्युष्टि पार्टीलाई सिध्याइदिएका छन्। कम्युनिष्टको नाममा गैर कम्युनिष्ट काम गर्नु हुँदैन। कम्युनिष्टको नाम र मर्यादा राख्नुपर्छ।’
Shares

प्रतिक्रिया