राजनीति


बालुवाटार पुगेर सुदूरपश्चिमका एमाले नेताले प्रधानमन्त्रीलाई गराए प्रदेश विकासको ध्यानाकर्षण

बालुवाटार पुगेर सुदूरपश्चिमका एमाले नेताले प्रधानमन्त्रीलाई गराए प्रदेश विकासको ध्यानाकर्षण

आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसँग भेटपछि सामूहिक तस्बिर खिचाउँदै एमाले सुदूरपश्चिमको टोली


नेपालखबर
पुस २८, २०८१ आइतबार १०:२२, काठमाडौँ

नेकपा एमाले सुदूरपश्चिमका नेताहरूले प्रदेशका विकास समस्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।

आज बिहान बालुवाटारस्थित कार्यकक्षमा भेट गर्दै एमाले पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, एमाले नेताहरू निरु पाल, नरबहादुर धामी, कृपाराम रानालगायतले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन्।

एमाले पोलिटब्युरो सदस्य रावलका अनुसार महेन्द्र राजमार्गको गड्डाचौकी खण्डदेखि ६ लेनको सडक निर्माण थाल्न, दैजी छेला औद्योगिक क्षेत्रको रुख कटान, महाकाली कोरिडोर, सुक्खा बन्दरगाह निर्माण, प्रदेश राजधानी, मेडिकल विश्वविद्यालयलगायत विषयमा छलफल गरिएको छ। 

ओली पहिलोपटक प्रधानमन्त्री हुँदा घोषणा गरिएको राष्ट्रिय विज्ञान तथा प्रोद्धोगिकी प्रतिष्ठानको जडिबुटी प्रशोधन, अन्वेषण तथा प्रमाणीकरणको केन्द्र स्थापनाका लागि पहल गर्न पनि अनुरोध गरिएको हो।

सात प्रदेश सात पर्यटकीय सर्किट निर्माण गर्न अनुरोध गर्दै ‘देवाटवी पर्यटकीय सर्किट’ निर्माण तथा दार्चुलाको उकुस्थित हरिहर मन्दिरसहितको पुरातात्विक स्थलको पुनर्निर्माण गर्न अनुरोध गरिएको रावलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad