राजनीति


पृथ्वी जयन्तीमा प्रधानमन्त्री ओलीको कार्यसूचीः पहिले राप्रपा नेपाल, यसपछि राप्रपाको चियापानमा

पृथ्वी जयन्तीमा प्रधानमन्त्री ओलीको कार्यसूचीः पहिले राप्रपा नेपाल, यसपछि राप्रपाको चियापानमा

नेपालखबर
पुस २७, २०८१ शनिबार १२:५९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली आज (पुस २७ गते) राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालले पृथ्वी जयन्तीका अवसरमा अलग-अलग रूपमा आयोजना गर्ने दुवै कार्यक्रममा सहभागी हुने कार्यतालिका छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली राप्रपा नेपालले दिउँसो १:३० बजे बालुवाटरस्थित आम्रापाली ब्यांक्वेटमा आयोजना गर्ने चियापान कार्यक्रम र राप्रपाले दिउँसो २:१५ बजे भृकुटीमण्डपमा आयोजना गर्ने चियापान कार्यक्रममा जाने सम्भावित कार्यक्रम छ। 

दुवै पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गर्ने चियापान समारोहमा आउन निम्ता गरेपछि प्रधानमन्त्री ओलीले त्यस्तो कार्यसूची बनेको हो। 

यसअघि आज बिहान प्रधानमन्त्री ओलीले नेपाल एकीकरणकर्ता भन्दै पृथ्वीनारायण शाहप्रति सामाजिक सञ्जालमार्फत उच्च सम्मान प्रकट गरेका थिए। 

हेर्नुहोस्नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहप्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad