राजनीति


नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहप्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली

नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहप्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली

नेपालखबर
पुस २७, २०८१ शनिबार ९:५३, काठमाडौँ

आज (पुस २७ गते) पृथ्वी जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वी नारायण शाहप्रति उच्च सम्मान प्रकट गरेका छन्। 

शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली नेपाल एकीकरणका नेतृत्वकर्ता भन्दै पृथ्वीनारायणप्रति सम्मान व्यक्त गरेका हुन्।  

‘नेपालको एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको आज जन्मजयन्ती’, प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘राज्य एकीकरणको नेतृत्व गर्नुहुने पृथ्वीनारायण शाह र त्यस अभियानमा आफ्नो ज्यानको पर्वाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad