राजनीति


काठमाडौँ आइपुगे रवि लामिछाने, आइतबार अदालत उपस्थित हुने

काठमाडौँ आइपुगे रवि लामिछाने, आइतबार अदालत उपस्थित हुने

धरौटीमा रिहा भएपछि बिहीबार साँझ पोखरामा प्रतिक्रिया दिँदै रवि लामिछाने


नेपालखबर
पुस २७, २०८१ शनिबार १०:२०, काठमाडौँ

सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराबाट काठमाडौँ आइपुगेका छन्। 

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने गाडीमार्फत शुक्रबार साँझ काठमाडौँ आइपुगेका हुन्।

‘उहाँ हिजो (शुक्रबार) त्यस्तै साँझ साढे ५ बजे काठमाडौँ आइपुग्नुभयो’, झाले भने, ‘अब भोलि (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुनु हुनेछ।’  

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार (पुस २५ गते) साँझ रिहा भएका हुन्।  

तर उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा पनि स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा परेकाले अदालत हाजिर हुनुपर्ने भएको हो। काठमाडौँ जिल्ला अदालतमा आफैँ उपस्थित हुने सर्तमै कास्की प्रहरीले उनलाई छाडेको हो।

लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ। ती जिल्लामा पनि उनीविरुद्ध मुद्दा दर्ताको प्रकिया चलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad