ग्लोबल


ट्रम्पको शपथ समारोहका लागि बोइङ र गुगलले दिए १०-१० लाख अमेरिकी डलर

ट्रम्पको शपथ समारोहका लागि बोइङ र गुगलले दिए १०-१० लाख अमेरिकी डलर

डोनाल्ड ट्रम्प


नेपालखबर
पुस २७, २०८१ शनिबार १०:५७, काठमाडौँ

अमेरिकी विमान कम्पनी बोइङले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहका लागि १० लाख अमेरिकी डलर दान गर्ने भएको छ।

बोइङका साथै गुगल र माइक्रोसफ्टले पनि त्यति नै रकम दान गरेको बीबीसीले उल्लेख गरेको छ।

यसरी दान गर्नेमा तेल उत्पादक कम्पनी शेभरन र मेटा, अमेजन र उबरलगायत धेरैवटा अमेरिकी कम्पनी रहेको जनाइएको छ।

डोनाल्ड ट्रम्पले यही जनवरी २० का दिन राष्ट्रपतिको शपथ खाँदै छन्। यो उनको दोस्रो कार्यकाल हो। 

"हामी अमेरिकी राष्ट्रपतिको शपथ समारोहलाई समर्थन गर्ने बोइङको द्विदलीय परम्परालाई निरन्तरता दिन पाउँदा खुसी छौँ," बोइङले भनेको छ।

कम्पनीले पछिल्ला तीन राष्ट्रपतिको शपथमा पनि यस्तै दान गरेको जनाएको छ।

ट्रम्पको शपथ समारोहका लागि कार कम्पनीहरू फोर्ड, जनरल मोटर्स र टोयोटाले पनि दस-दस लाख डलर दान गरेको बीबीसीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad