प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा युवा छैनन् भनेर प्रचार गरिएको भन्दै त्यसको जाँच आगामी स्ववियू चुनावबाट गर्नुपर्ने तर्क गरेका छन्।
बिहीबार एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचनका सन्दर्भमा आयोजना गरेको कार्यशालालाई सम्बोधन गर्दै ओलीले फागुन १५ गते हुने स्ववियू चुनावमा कोसँग युवा छन् भनेर एमालेले प्रमाणि गर्नुपर्नेमा जोड दिए।
‘मैले हाम्रो युवा पुस्तामाथि विश्वास गरेको छु,’ ओलीले भने, ‘एउटा कुरा सावित गर्नुछ एमालेले यसपल्ट, एमालेसँग युवा छैनन्। कोसँग युवा रहेछन् फागुन १५ गते जाँची हेरौं। पञ्जा लडाइ हेरौं फागुन १५ गते, कोसँग युवा रहेछन्।’
उनले केही ‘फुकेको बेलुनजस्तो आकार भएका संगठन’ र प्रचारसँग नडराउन समेत विद्यार्थीलाई आग्रह गरे। ओलीले भने, ‘केही केही नसंगठन छ। अर्काले फुकिदिएको भरमा पुक्क बेलुनजस्तो भएका। त्यसकारण फुकेको बेलुनको आकार भएकासँग डराउनु पर्दैन। प्रचारको आकारसँग पनि डराउनु पर्दैन्। १०, २० जना छन्। फुक्या फुक्यै गर्छन्। त्यत्ति हो। हामी लाखौं छौं।’
एमाले कसैको नीति मानेर मिल्न तयार नहुने भन्दै मिल्न मन हुनेहरुलाई एमालेसँग मर्ज हुने आग्रह गरे। ओलीले भने, ‘हामी आफ्नो पार्टी विस्तार गर्छौं। कोही आउँछ भने मिल्न आउँदा हुन्छ। मर्ज गर्न आए हुन्छ। नेकपा एमाले तिम्रा नीति अलिकति मान्छु, मेरा नीति अलिकति मान भनेर भन्ने। अनि संगठनमा योग्ता नभएका मान्छे म त स्थायी कमिटीको सदस्य हुँ भन्छ एउटा भुरो। अनि, त्योसँग वार्ता गर्नुपर्ने र पोलिटब्युरोमा बस भनेर बार्गेन गर्नुपर्ने। यस्तो खाले चल्दैन।’
उनले थपे, ‘पार्टीले निर्णय गरेर कुन ठाउँमा राख्नुपर्ने हो, त्यो ठाउँमा राख्ने हो। त्यही काम हामी गर्छौं। यो बार्गेनको लफडामा हामी छँदैछैनौं।
Shares

प्रतिक्रिया