प्रतिनिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा समिति सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टीका सांसदबीच चर्को विवाद भएको छ।
समिति सभापतिले बोल्ने पर्याप्त समय नदिएको भन्दै सुवाल यादवमाथि खनिएका हुन्। उनले समिति सभापतिमाथि तानाशाही भएको आरोप समेत लगाएका थिए।
दुवैबीच भनाभन हुँदा सुवालले यादवलाई तपाईंको दाँत छिट्टै किराले खाओस् समेत भने। यादवले भने खान्छ त मेरो खान्छ, तपाईंको के जान्छ भन्दै जवाफ फर्काए।
हेर्नुहोस् यादव र सुवालबीचको चर्काचर्कीः
537
Shares

प्रतिक्रिया