राजनीति


अमृत राई परराष्ट्र सचिवमा बढुवा, कार्यभार सम्हाले

अमृत राई परराष्ट्र सचिवमा बढुवा, कार्यभार सम्हाले

नेपालखबर
पुस २४, २०८१ बुधबार १८:३५, काठमाडौँ

परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई सचिवमा बढुवा भएका छन्।

उनलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। 

सरकारको निर्णयसँगै राईले बुधबार औपचारिकरुपमा सचिवको कार्यभार पनि सम्हालेका छन्।

सचिव सेवा लम्साल अवकाशअघि नै बेल्जियमको राजदूतमा सिफारिस भएपछि  राईलाई कामु सचिवको जिम्मेवारी दिइएको थियो। 

लम्सालको सिफारिस संसदीय समितिबाट अनुमोदन भइ राजदूत नियुक्त भएपछि सरकारले उनलाई सचिवमा बढुवा गरेको हो। 

वरिष्ठतम सहसचिव रहेका राई कामु सचिवको जिम्मेवारी पाउनुअघि मन्त्रालयका प्रवक्ता थिए।

सन् १९९६ मा सरकारी सेवामा जोडिएका राईले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि भएर समेत काम गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad