ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौति दिएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ऊर्जामन्त्री खड्काले विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा समेत आफू संलग्न रहेको भनेर समाचार प्रकाशन भएकोप्रति आपत्ति जनाउँदै आफ्नो संलग्नता पुष्टि गर्नेलाई पुरस्कार दिने घोषणा गरेका हुन्।
उनले भने, ‘काम गर्ने सिलसिलामा भर्खरै सञ्चारमाध्यममा राष्ट्रिय सञ्चारमाध्यममा पनि मेरो नाम जोडेर अत्यन्तै गलत समाचार सम्प्रेषण गरेको पाइयो। काम गर्ने सिलसिलामा यस्तो हुने होला की साँच्चै हो? यो पित पत्रकारितामा रमाउनु हुँदैन। म पत्रकारिता गर्ने साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु। सत्यतथ्य भए त उतिखेरै अगाडि बढ्न सकिहालिन्छ नि। त्यसका लागि त म पुरस्कारै दिन चाहन्छु।’
केही सञ्चारमाध्यमहरूले आफूले राम्रो काम गर्न लागेको देखेर भ्रम पैदा गर्न गलत समाचार प्रकाशन गरेको दाबी गरे। पित पत्रकारितामा रमाउन नहुने भन्दै यसले पुस्तौँसम्म असर पर्ने चेतावनी दिए।
उनले सत्यतथ्य भए तत्काल कारबाही अघि बढ्ने भन्दै गलत कुरा गरेर आफ्नो पेट पाल्नेतिर नलाग्न आग्रह गरे।
मन्त्री खड्काले केही गर्नखोज्ने मान्छेहरूप्रति लुटमार गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए।
Shares

प्रतिक्रिया