कोशी


अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा

अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा

सुमन सुस्केरा
पुस २४, २०८१ बुधबार १७:३४, विराटनगर (मोरङ)

प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अन्जला कोइराला १० लाख धरौटी बुझाएर रिहा भएकी छन्।

मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै अन्जलाले १० लाख रूपैयाँ बुझाएकी हुन्।

सहकारीसम्बन्धी कसुरमा मुद्दा चलाइएपछि बुधबार मात्र अदालतमा उपस्थित भएकी उनलाई जिल्ला अदालतले थुनामा बस्नु नपर्ने गरी आदेश दिएको हो।

बिहान अदालतमा हाजिर भएपछि उनको आजै बयान लिइएको थियो। त्यसपछि सरकारी वकिल र अभियुक्त दुवैतर्फबाट बहस चलेको थियो।

मोरङ धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा कोइराला २६ जनाविरुद्ध मुद्दा दायर भएको छ। उक्त सहकारीमा अन्जला २०७२/०७३ देखि सञ्चालक समितिमा थिइन्।

२२ करोड २८ लाख २७ हजार ७ सय रकम खाने पचाउने गरी अपचलन भएको दाबी अभियोगपत्रमा गरिएको छ। 

अन्जलाको तर्फबाट बुधबार ९ जना वरिष्ठ अधिवक्तासहित ११ जनाले बहस गरेका थिए। 

यस मुद्दामा रंगेली २ का वडाध्यक्ष सन्तलाल खवास यसअघि नै धरौटीमा रिहा भइसकेका छन्। अध्यक्ष शम्भु रौनियारसहित २४ अभियुक्त फरार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad