नेपाली सेनाको उपरथीमा सहायक रथी नकुल रायमाझीलाई बढुवा गर्ने निर्णय भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त एक उपरथी पदमा रायमाझीलाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
उपरथी प्रदीपजंग केसी रथीमा बढुवा भएपछि रिक्त स्थानमा रायमाझीलाई बढुवा गरिएको हो।
रायमाझीलाई उपरथीमा बढुवा गर्नका लागि नेपाली सेनाले गत मंसिरमै ७ दिने सूचना प्रकाशित गरेको थियो। उनीउपर कुनै उजुरी नपरेपछि बढुवाका लागि सिफारिस गर्दै रक्षा मन्त्रालयमा पठाइएको थियो।
तर रक्षा मन्त्रालयले केहीदिनअघि मात्रै बढुवाको फाइल मन्त्रिपरिषदमा पेश गरेपछि आज निर्णय भएको हो।
हालका सहायक रथीहरूमा उनी वरिष्ठ हुन्।
1.4k
Shares

प्रतिक्रिया