राजनीति


एमाले बैठकमा नेताहरूले उठाएका मुख्य तीन कुरा के हुन्? यसो भन्छन् राजेन्द्र गौतम

एमाले बैठकमा नेताहरूले उठाएका मुख्य तीन कुरा के हुन्? यसो भन्छन् राजेन्द्र गौतम

नेपालखबर
पुस २२, २०८१ सोमबार १८:२०, काठमाडौँ

एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ। 

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा अध्यक्ष ओलीले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको उल्लेख गर्दै अधिकांश सहभागीले सरकारको प्रभावकारिता र पार्टी निर्माणमा देखिएका समस्या समाधानमा विशेष जोड दिइरहेको बताए।

उनका अनुसार पार्टीभित्रका कुनै पनि गुटबन्दीहरू सहन नहुने र त्यस्ता आशयका गतिविधिहरू भएको खण्डमा पार्टीले निगरानीमा राख्नुपर्नेमा केन्द्रीय सदस्यहरूले जोड दिएका छन्।

पार्टीलाई सबलीकरण गर्न र जनतासँगको सम्बन्धलाई सुदृढ बनाउनका लागि वडाकेन्द्रित संगठन अभियान सञ्चालन गर्न प्रस्तुत भएको कार्ययोजना कार्यान्वयनमा केही समस्या देखिएको उल्लेख गर्दै उनले यसका यसका लागि सबैले मिलेर अगाडि बढ्नुपर्ने धारणा नेताहरूको रहेको उनको भनाइ छ।

उनले भने, ‘मूलतः सरकारको प्रभावकारिता र पार्टी निर्माणमा देखिएका समस्याको समाधानमा विशेष जोड दिइरहनुभएको छ। दोस्रो कुरा, पार्टीभित्रका कुनै पनि गुटबन्दीहरू पार्टीले सहनुहुन्न र कहीँ पनि गुटगत आशयका गतिविधिहरू भए भने त्यसलाई पार्टीले निगरानीमा राख्नुपर्छ। पार्टीमा विचारात्मक, सैद्धान्तिक कार्यक्रमको आधारमा कुनै पनि मतभिन्नता छैन। आफ्नो इन्ट्रेस्ट पूरा गर्नका निम्ति विभिन्न स्वार्थ समूहहरू बनाएर पार्टीको नेतृत्व खास गरी अगामि निर्वाचनका लागि वडा, पालिका र प्रदेशमा केही पदको लागि गुटबन्दी बनाइरहेको आभास हुन्छ। तर विचारधारात्मक र संरचनात्मक रूपमा पार्टीमा कुनै गुट छैन। यस्तो चिजलाई निर्मूल बनाएर पार्टीलाई एक ढिक्का बनाउनुपर्छ। यसका लागि पार्टी स्कुलिङमा जिल्ला तहसम्म जानुपर्छ भन्ने विषयमा विषेश जोड दिइरहनुभएको छ। तेस्रो विषय पार्टीलाई आधारभूत विषयमा सबलीकरण गर्न, पार्टी र जनताको सम्बन्धलाई सुदृढ बनाउनका लागि वडाकेन्द्रित संगठन अभियान सञ्चालन गर्न प्रस्तुत भएको कार्ययोजनालाई कार्यान्वयन गर्ने कुरामा हामीकहाँ नीति बनाउने कुरामा, कार्यक्रम बनाउने कुरामा भूमिका खेलेका छौँ। तर कार्यान्वयनमा केही समस्या छन्। त्यसको कार्यान्वयनका लागि जिल्ला र प्रदेशका पार्टी इन्जार्जहरूलाई निर्देशन गरेर त्यो कार्यान्वयनमा जोड दिने र पार्टीको नेतृत्वलाई दिइएको जिम्मेवारी पूरा भए-नभएको अनुगमन गर्ने लगायतका सन्दर्भमा धारणाहरू आइरहेका छन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad