नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरजस्तो बन्न सुझाव दिएका छन्।
माओवादीको जारी केन्द्रीय समिति बैठकमा कोसी प्रदेश सांसद आङ्बोले पूर्वराष्ट्रपति/उपराष्ट्रपति सक्रिय राजनीतिमा लाग्न नहुने बताए।
अमेरिकाका पूर्वराष्ट्रपति कार्टर राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएपछि समाजसेवामा लागेका थिए।
माओवादी नेता आङ्बोले पार्टी राजनीतिमा फर्किएका पुनलाई पनि समाजसेवा गर्न सुझाव दिएका हुन्।
‘पूर्वराष्ट्रपति, उपराष्टपतिले राजनैतिक क्षेत्र भन्दा सामाजिक क्षेत्रको काम गर्नु पर्यो’ उनले भने, ‘उहाँहरूलाई जिम्मी कार्टर जस्तो बन्न सुझाव दिन्छु।’
सात वर्ष उपरष्ट्रपतिको जिम्मेवारीम रहेका पुन उपाध्यक्षको हैसियतमा माओवादीको राजनीतिमा फर्किएका छन्।
नेता आङबोले जारी केन्द्रीय समितिको बैठकबाट विशेष महाधिवेशन घोषणा गर्नुपर्नेमा पनि जोड दिए।
उनले केन्द्रीय समितिलाई आयोजक समितिमा बदल्न माग गर्दै शिर्ष नेताले वैचारिक नेतृत्व, खोज तथा अनुसन्धानमा लाग्नुपर्ने र नयाँ पुस्तालाई संगठनको जिम्मेवारी दिनुपर्ने बताए।
Shares

प्रतिक्रिया