सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केही लम्बिने भएको छ।
आइतबारदेखि सुरु भएको बैठक आज सकिने भनिएको भए पनि बैठक भोलिसम्म लम्बिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
‘यो बैठक भोलि टुंगिन्छ,’ उनले भने, ‘भोलि उठेका प्रश्नको जवाफ पार्टी अध्यक्षले दिनुहुन्छ। र, अहिलेको समसामयिक परिस्थितिका बारेमा केही महत्वपूर्ण प्रस्तावहरु हामी पास गर्छौं र केन्द्रीय कमिटीको बैठक भोलि समापन हुन्छ।’
बैठकमा अहिलेसम्म ९८ जनाले आफ्नो धारणा राखेका छन्।
105
Shares

प्रतिक्रिया