नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किरातीले पार्टीको विशेष महाधिवेशनको मिति घोषणा गर्न माग गरेका छन्।
माओवादी केन्द्रको केन्द्रीय समितिको जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदनमाथि धारणा राख्दै उनले भने, ‘यही बैठकबाट विषेश महाधिवेशनको मिति घोषणा गरौं। केन्द्रीय समितिलाई आयोजक समितिमा बदलौं।’
उनले एक केन्द्रीय सदस्य, एक पालिका र माहानगरमा एक वडा लिउँ’ अभियान सुरु गर्नुपर्नेमा जोड दिए। प्रचण्डमा लेनिन भन्दापनि वढी जनवादी प्रवृति देखिएको भन्दै किरातीले प्रसंसा समेत गरे।
‘हामीलाई गर्व छ, हामीसंग कुशल नेतृत्व छ,’ उनले भने, ‘परिस्थिति पनि हाम्रो पक्षमा छ। तर समग्र परिस्थितिको नेतृत्व गर्दै देशको जिम्मा लिन एक अनुशासित र शक्तिशाली पार्टी चाहिन्छ। त्यस्तो पार्टी निर्माणको लागी विचार र विधिको विकास गर्नैपर्छ।’
Shares

प्रतिक्रिया